नियम २४
मूल नियमावलीको नियम ३८ मा संशोधन

मूल नियमावलीको नियम ३८ कोे उपनियम (२) को सट्टा देहायको उपनियम (२) राखिएको छ ः–

“(२) निजामती कर्मचारीलाई सरुवा गर्दा देहायका कार्यविधि अपनाउनु पर्नेछ ः–

(क) निजामती कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा कर्मचारी कार्यरत कार्यालय र भौगोलिक क्षेत्र, कार्यरत अवधि
सरुवा प्रस्ताव गरिएको कार्यालय र भौगोलिक क्षेत्र, सरुवा अवधि तथा सरुवा गर्नु पर्ने कारण समेत सरुवा गर्ने निर्णयमा खुलाउनु पर्नेछ ।

(ख) निजामती कर्मचारीलाई सरुवा गर्ने निर्णय भए पछि सरुवा हुने कर्मचारीलाई यस्तो निर्णय भएको तीन दिन भित्र अनुसूची–
११क. बमोजिमको सरुवापत्र जारी गरि सक्नु पर्नेछ । यस्तो सरुवापत्र प्राप्त भए पछि सम्बन्धित कार्यालयले नियम ४०
बमोजिमको म्याद भित्र अनुसूची–१२ बमोजिमको रमाना पत्र दिनु पर्नेछ ।

(ग) सरुवा भएको कुनै निजामती कर्मचारीलाई खण्ड (ख) बमोजिमको म्याद भित्र रमाना नदिई निज सरुवा भई सकेको
कार्यालयबाट तलव भत्ता भुक्तानी दिएमा रमाना दिनु पर्ने म्याद भन्दा बढी अवधिको त्यस्ता निजामती कर्मचारीले खाएको तलव
भत्ता समेत त्यसरी रमाना नदिई तलवभत्ता खुवाउने कार्यालय प्रमुख र लेखा प्रमुखबाट असूल उपर गरिनेछ ।

(घ) खण्ड (क) बमोजिमको प्रक्रिया नपु–याई सरुवा गर्ने अख्तियारवालालाई विभागीय सजाय गरिनेछ ।”